Like us!
Follow us!

एनआईसी एशिया बैंकको २०% लाभांश आइतबार पारित हुँदै

एनआईसी एशिया बैंकको २०% लाभांश आइतबार पारित हुँदै

लगानी खबर, काठमाडौँ - एनआईसी एशिया बैंक लिमिटेडकाे २३औं वार्षिक साधारण सभा भाेलि (मंसिर २१ गते,  आइतबार) हुँदैछ ।

बैंककाे कार्तिक २६ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे २३औं वार्षिक साधारण सभा बैंककाे रजिष्टर्ड कार्यालय, थापाथली, काठमाडौंमा बिहान ९ बजेबाट सुरू हुनेछ ।

सभामा बैंककाे कार्तिक ४ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/०७७ काे सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १९ प्रतिशत बोनश शेयर र १ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

बैंकले साधारण सभा प्रयाेजनका लागि मंसिर १० गते, बुधबारदेखि मंसिर २१ गते, आइतबारसम्म बैंककाे बुकक्लोज गरेको छ । त्यसैले, मंसिर ९ गते, मंगलबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।