Like us!
Follow us!

लगानी गर्न पैसा जम्मा गर्नुस् : प्रभु लाइफ इन्स्योरेन्सको आइपिओ मंसिर २९ गतेदेखि बजारमा आउँदै (विवरणसहित)

लगानी गर्न पैसा जम्मा गर्नुस् : प्रभु लाइफ इन्स्योरेन्सको आइपिओ मंसिर २९ गतेदेखि बजारमा आउँदै (विवरणसहित)

लगानी खबर, काठमाडौँ - प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर २९ गते साेमबारदेखि साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६० कराेड रूपैयाँ बराबरकाे ६० लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेकाे हाे । जसमध्ये ३ लाख कित्ता कम्पनीका कर्मचारीलाई, ३ लाख कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी ५४ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो । 

5fcaf9539a3e2.jpeg

काे हाे बिक्री प्रबन्धक ?

उक्त साधारण शेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ ।

कति दिने आवेदन ?

आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

5fcaf94d897d2.jpeg

कहिलेसम्म दिने आवेदन ?

लगानीकर्ताले आइपिओमा छिटोमा पौष २ गते र ढिलोमा पौष १३ गतेसम्म आवेदन दिन सक्नेछन् । 

5fcaf95e640b5.jpeg

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले सिद्धार्थ क्यापिटल लिमिटेड, नक्साल, काठमाडौं, प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, कमलादी, काठमाडाैँ तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर एप र मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

5fcaf96628dcd.jpeg

रेटिङ कति ?

कम्पनीको आइपिओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा आईआर बीबी प्लस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनीकाे अधारभुत पक्ष मध्यम जोखिम रहेको संकेत गर्दछ ।

5fcaf9ff6502f.jpeg

आइपिओकाे बारेमा अन्य विवरण तलकाे सूचना मार्फत हेर्न सक्नुहुनेछ :

5fcaf971080c3.jpeg

 

 

 

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।