Like us!
Follow us!

सिटिजन्स बैंकको साधारण सभा आज हुँदै, यस्ता छन् पारित हुने एजेन्डा

सिटिजन्स बैंकको साधारण सभा आज हुँदै, यस्ता छन् पारित हुने एजेन्डा

लगानी खबर, काठमाडौँ - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चौधौं वार्षिक साधारण सभा आज (मंसिर २० गते, शनिबार) हुँदैछ ।

बैंककाे कार्तिक २८ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे चौधौं वार्षिक साधारण सभा बैंककाे रजिष्टर्ड कार्यालय, दरबारमार्ग, काठमाडाैँमा बिहान ११ बजेदेखि डिजिटल प्लाटफर्म मार्फत सञ्चालन हुनेछ ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई ११ प्रतिशत लाभांश दिने भएको छ । सभामा सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार शेयरधनीहरूलाई ८ प्रतिशतका दरले हुन आउने बोनस शेयर र ३ प्रतिशतका दरले हुन आउने नगद लाभांश (कर समेत) वितरण गरिने विशेष प्रस्ताव पारित गरिनेछ ।

बैंकले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि मंसिर ११ गते बुक क्लोज गरेकाे थियाे । त्यसैले, मंसिर १० गते, बुधबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी, सभामा बैंककाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन,आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक ताेक्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरीनेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।