Like us!
Follow us!

प्रभु इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?

प्रभु इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?

लगानी खबर, काठमाडौँ - प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहकाे शेयर बिक्री गर्ने भएको छ । कम्पनीले ७ लाख ३५ हजार कित्ता शेयर प्रति कित्ता न्यूनतम मूल्य ३ सय ५० रूपैयाँमा बिक्री गर्न लागेकाे हाे ।

उक्त शेयरहरू खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी तथा संघ संस्थाहरूले मंसिर २१ गते, आइतबारबाट मंसिर २८ गते आइतबारसम्म न्युनतम न्यूनतम २५ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, आवेदकहरूले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड, कमलादी, काठमाडाैँमा आइपुग्ने गरि आवेदन पेश गर्नुपर्नेछ ।

 कम्पनी​ले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5fc9f3d29dd49.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।