Like us!
Follow us!

अब अरु बैंकको एटीएमबाट पैसा झिक्दा शुल्क लाग्ने

अब अरु बैंकको एटीएमबाट पैसा झिक्दा शुल्क लाग्ने

लगानी खबर, काठमाडौँ - कोरोनाका कारण नागरिक बैंक तथा वित्तीय संस्थामा जाने अवस्था नभएकाले अन्तर बैंक एटीएमबाट दिइएको नि : शुल्क कारोबारको सुविधा अब बन्द हुने भएकाे छ । 

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा जारी गर्दै अबदेखि एक बैंकको एटीमएम कार्ड प्रयोग गरेर अर्को बैंकको एटीएमबाट रकम निकाल्दा शुल्क तिर्नुपर्ने बताएकाे छ ।

बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली संचालकहरुले विद्युतीय भुक्तानी सेवा प्रदान गरेवापत ग्राहकहरुबाट लिने सेवा शुल्क सम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने व्यवस्था रहेकाे मौद्रिक नीतिको समिक्षामा उल्लेख छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।