Like us!
Follow us!

ब्रोकर कमिसन घटाउन माग गर्दै सेबोनमा लगानीकर्ताको प्रदर्शन : लगानीकर्ता संगठनहरूले बुझाए ज्ञापन पत्र

ब्रोकर कमिसन घटाउन माग गर्दै सेबोनमा लगानीकर्ताको प्रदर्शन : लगानीकर्ता संगठनहरूले बुझाए ज्ञापन पत्र

लगानी खबर, काठमाडौँ - लगानीकर्ताहरुको सङ्गठनका प्रतिनिधिहरूले आज (मंसिर १९ गते, शुक्रबार) ब्रोकर कमिसन घटाउनुपर्ने माग गर्दै नेपाल धितोपत्र बोर्डलाई ज्ञापन पत्र बुझाएका छन् । नेपाल इन्भेष्टर फोरम, शेयर लगानीकर्ता संघ नेपाल, नेपाल पुँजीबजार लगानीकर्ता संघ, नेपाल पुँजीबजार संघ र शेयर लगानीकर्ता दबाब समुहका प्रतिनिधिहरूले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका हुन् ।

 कमिशन घटाएर ०.२५ प्रतिशत कायम गर्दा बोर्ड, नेप्से, ब्रोकर र सिडीएससीको आयमा गुणात्मक वृद्धि हुने, सरकारलाई अझ बढी पुँजीगत लाभकर प्राप्त हुने, लगानीकर्ताको लागत कम हुने, छरिएर रहेको पुँजी एकत्रित हुने, पुँजीबजार चलायमान हुने लगानीकर्ता संगठहरूले ज्ञापन पत्रमा उल्लेख गरेका छन् ।

यसका साथै, ब्रोकर कमिसन घटाउनुपर्ने माग राख्दै लगानीकर्ताहरुले पनि बाेर्डमा प्रदर्शन गरिरहेका छन् । लगानीकर्ताहरुले हातहातमा विभिन्न नारासहित प्लेकार्ड बोकेर सेबाेन घेरिरहेका छन् ।  ब्रोकर कमिसन ०.२५ प्रतिशत कायम हुनुपर्ने माग गरेका छन् ।

पाँच वटै लगानीकर्ता सङ्गठनका प्रतिनिधिहरूले संयुक्त रुपमा बुझाएका ज्ञापन पत्र यस प्रकारकाे छ :

5fc9d6a3669a0.jpg 5fc9d6abec050.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।