Like us!
Follow us!

विशाल बजार कम्पनीका लगानीकर्ताले एक सातामै गुमाए ४० कराेड

विशाल बजार कम्पनीका लगानीकर्ताले एक सातामै गुमाए ४० कराेड

लगानी खबर, काठमाडौँ -  विशाल बजार कम्पनीकाे शेयर उचालिएर किन्नेहरूले एक सातामै लगानीकाे २० प्रतिशत अर्थात झण्डै ४० कराेड रूपैयाँ गुमाएका छन् ।

विशाल बजारकाे शेयर मंसिर ११ गते १० प्रतिशतले बढेर प्रतिकित्ता ४ हजार रूपैयाँमा काराेबार भएकाे थियाे । त्यसयता लगातार घटेकाे शेयर मूल्य साताकाे अन्तिम काराेबार दिन बिहीबार ३१९० रूपैयाँ प्रतिकित्तामा बन्द भएकाे छ । यस हिसावले लगानीकर्ताले विशाल बजारकाे शेयरमा गरेकाे लगानीमा २०.२५ प्रतिशतले घाटा व्यहाेरेका छन् ।

शेयर कर्निरंग गर्नेहरूले कसरी कुनै कम्पनीकाे सेयर मूल्य बढाउँछन् र चरम नाफा खाएर सर्वसाधारण लगानीकर्ताकाे ढाड सेक्छन् भन्ने उदाहरण बनेकाे छ विशाल बजार कम्पनी । कात्तिक ६ गते १६७५ रूपैयाँ प्रतिकित्तामा काराेबार भएकाे विशाल बजारकाे सेयर मूल्य मंसिर ११ सम्म सर्किट लागेर ४००० रूपैयाँ प्रतिकित्तामा काराेबार भएकाे थियाे । नेप्सेमा उक्त कम्पनीकाे जम्मा ४ लाख ९१ हजार ४ सय कित्ता सेयर सूचिकृत छ । यस हिसावले उक्त कम्पनीकाे चुक्ता पूँजी ४ कराेड ९१ लाख ४० हजार रूपैयाँ मात्रै हाे । बजारमा सेयर मूल्य बढेपछि उक्त कम्पनीकाे बजार पूँजीकरण १ अर्ब ९६ कराेड ५६ लाख रूपैयाँभन्दा बढी पुगेकाेमा बिहीबार घटेर १ अर्ब ५६ कराेड ७५ लाख ६६ हजार रूपैयाँमा झरेकाे छ । यस हिसावले विशाल बजार कम्पनीका लगानीकर्ताले एक सातामै ३९ कराेड ८० लाख ३४ हजार रूपैयाँ गुमाएका छन् ।

विशाल बजार कम्पनीकाे मूल्य अकासिने गरी वृद्धि हुनु पर्ने कुनै कारण छैन । सुसासन निकै कमजाेर छ । यसले दशकदेखि शेयरधनीलाई लाभांश दिएकाे छैन । यसले चर्चेकाे ४ अर्बभन्दा बढीकाे सम्पत्ती सरकारलाई फिर्ता गर्नु पर्ने सर्बाेच्च अदालतकाे आदेश छ । यसले गर्दा निकट भविष्यमा यसले कुनै लाभांश दिने सम्भावना छैन । प्रतिफल नदिने कम्पनीकाे सेयर मूल्य चर्काे रूपमा बढ्नु अप्राकृतिक हाे भन्ने सहजै अनुमान गर्न सकिन्छ । थाेरै सेयर पूँजी रहेका कम्पनीकाे सेयर मूल्य सीमित व्यक्तिहरूले कब्जामा लिएर मूल्य बढाउँदै आएकाले लगानीकर्ता सचेत हुनु आवश्यक छ ।

5fc8b0bc4f0ec.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।