Like us!
Follow us!

आइपिओ ल्याउन लागेको सिबिआई एल क्यापिटलको सभा आज हुँदै

आइपिओ ल्याउन लागेको सिबिआई एल क्यापिटलको सभा आज हुँदै

लगानी खबर, काठमाडौँ - सिबिआई एल क्यापिटल लिमिटेडकाे चाैधाैँ वार्षिक साधारण सभा आज (मंसिर १९ गते, शुक्रबार) हुँदैछ । 

कम्पनीको कार्तिक १८ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे चाैधाैँ वार्षिक साधारण सभा आज (मंसिर १९ गते, शुक्रबार) कम्पनीकाे रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडाैँमा अपरान्ह ११ बजेबाट सुरू हुनेछ । 

त्यसैगरी, सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिले प्रस्ताव गरे बमाेजिम चुक्ता पुँजीकाे १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्न स्विकृती प्रदान गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

त्यस्तै, कम्पनीले ३ कराेड रूपैयाँ बराबरकाे ३ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७५ साल वैशाख १९ गते सेबाेनमा निवेदन पेश गरेकाे छ । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई मर्चेन्ट बैकिङ्ग लिमिटेडले गर्नेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।