Like us!
Follow us!

शेयर बजार १५.५७ अंकले घट्दा यी कम्पनीका शेयरधनीले कमाए

शेयर बजार १५.५७ अंकले घट्दा यी कम्पनीका शेयरधनीले कमाए

लगानी खबर, काठमाडौँ - साताकाे अन्तिम दिन आज (बिहीबार) शेयर बजार दाेहाेराे अंकले घटेकाे छ ।

बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक १५.५७ अंकले घटेर २०५५.४५ मा पुगेकाे छ । नेप्से ०.७५ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ३.७६ अंकले घटेर ३९२.२९ मा पुगेको छ । कूल २०० वटा कम्पनीकाे एक कराेड ५८ लाख ८९ हजार ५ सय ६० कित्ता शेयर खरिदबिक्री हुँदा ८ अर्ब २ करोड ६० लाख २३ हजार ७ सय ९८ रुपैयाँको कारोबार भएकाे छ । 

घटेको बजारमा एभरेष्ट इन्स्याेरेन्स संस्थापक शेयर, अपर तामाकोशी हाइड्रोपावर,नेपाल सेवा लघुवित्त, डिप्राेक्स लघुवित्त, छिमेक लघुवित्त, पाइम कमर्सियल बैंक, सुर्याेदय लघुवित्त, सामुदायिक लघुवित्त, मिथिला लघुवित्त र सानिमा इक्विटी फण्डका शेयरधनीहरूले सबैभन्दा धेरै आम्दानी गरेका छन् । 

5fc8b0b35fbe3.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।