Like us!
Follow us!

शेयर बजारमा करेक्सन : २०५५.४५ विन्दुमा रोकियाे नेप्से

शेयर बजारमा करेक्सन : २०५५.४५ विन्दुमा रोकियाे नेप्से

लगानी खबर, काठमाडौँ - साताकाे अन्तिम दिन आज (बिहीबार) शेयर बजारकाे उकालाे यात्रामा ब्रेक लागेकाे छ । दिनानुदिन नयाँ रेकर्ड कायम गरिरहेकाे शेयर बजारमा आज भने दाेहाेराे अंककाे गिरावट देखिएकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक १५.५७ अंकले घटेर २०५५.४५ मा पुगेकाे छ । नेप्से ०.७५ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ३.७६ अंकले घटेर ३९२.२९ मा पुगेको छ ।

कूल २०० वटा कम्पनीकाे एक कराेड ५८ लाख ८९ हजार ५ सय ६० कित्ता शेयर खरिदबिक्री हुँदा ८ अर्ब २ करोड ६० लाख २३ हजार ७ सय ९८ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूह मध्ये आज २ वटा उपसमूहकाे शेयर बढेको छ भने १० वटा उपसमूहकाे शेयर घटेकाे छ ।

        हेराैं आजकाे शेयर तालिका :

5fc8b09eb76c9.jpg 5fc8b0a689609.jpg 5fc8b0ad4d90f.jpg 5fc8b0b35fbe3.jpg 5fc8b0bc4f0ec.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।