Like us!
Follow us!

अब खल्तीबाटै राजस्व तिर्न सकिने

अब खल्तीबाटै राजस्व तिर्न सकिने

लगानी खबर, काठमाडौँ - अब स्याङ्जा अवस्थित वालिंङ नगरपालिकाका बासिन्दाले राजस्व आफ्नो फोनबाटै ‘खल्ती डिजिटल वालेट’ एप डाउनलोड गरी बुझाउन सक्ने भएका छन् । खल्ती डिजिटल वालेटले वालिंङ नगरपालिकासँग सो सम्बन्धि सम्झाैता गरेकाे छ । 

नगरपालिकाका बासिन्दाले सम्पत्तिलगायतका विभिन्न प्रकारका राजस्व तथा सेवा लिए वापत सेवा शुल्क भुक्तानी गर्नुपर्छ । सो शुल्क ‘खल्ती’ का ग्राहकले Khalti.com वेबपेज वा माेबाइल एपमा रहेकाे सरकारी सेवा ( Government Services ) मेनुमा गइ वालिंङ नगरपालिका ट्याप गरेर शुल्क भुक्तानी गर्न सक्नेछन् ।

त्यसैगरी, सेवाग्राहीकाे भिड भइरहने नगरपालिकामा माेबाइलमा रहेकाे खल्ती एपबाटै शुल्क भुक्तानी गर्न सकिने भएपछि वालिंङ नगरपालिकाका बासिन्दालाई निकै सहज हुने नगरपालिकाकाे अपेक्षा रहेकाे छ । 

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।