Like us!
Follow us!

एनसेलले ल्यायाे सुविधै सुविधाले भरिएको नयाँ भ्वाइस प्याक

एनसेलले ल्यायाे सुविधै सुविधाले भरिएको नयाँ भ्वाइस प्याक

लगानी खबर, काठमाडौँ - निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल प्राइभेट लिमिटेडले आफ्ना प्रिपेड ग्राहकहरूका लागि दुई वटा नयाँ भ्वाइस प्याकहरु सञ्चालनमा ल्याएको छ । एनसेलले एक घण्टाको र तीन दिनको समयसिमा भएको भ्वाइस प्याक सञ्चालनमा ल्याएको हो ।

एक घण्टाको भ्वाइस प्याक अन्तर्गत प्रिपेड ग्राहकले कर सहित १७ रुपैयाँमा एक घण्टा समयसिमा रहेको ६० मिनेट अन नेट टक टाइमको फाइदा लिन सक्नेछन् जसमा ग्राहकले २८ पैसा प्रति मिनेटको दरमा आफ्ना भ्वाइस सेवा लिन सक्नेछन् । एनसेल नेटवर्क भित्र कल गर्न विद्यमान् सशुल्क प्रति मिनेट कर सहित २.५४ रुपैयाँ रहेको छ । ग्राहकले ६० मिनेटको प्याक सुचारु गर्ने बित्तिकै प्याकको समयसिमा सुरु हुनेछ । 

प्रिपेड ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ८ ह्यास डायल गरि एक घण्टाको प्याक सुचारु गर्न सक्नेछन् । त्यस्तै ग्राहकले अंग्रेजीमा वानएचआर (1HR) लेखि १७११८ मा एसएमएस पठाएर पनि यो प्याक सुचारु गर्न सक्नेछन् ।

त्यसैगरी, ग्राहकले तीन दिनको समयसिमा रहेको २२५ मिनेट टक टाइमको प्याक कर सहित मात्र ४८ रुपैयाँमा सुचारु गर्न सक्नेछन् । यस प्याकमा ग्राहकले तीन दिनसम्म हरेक दिन ७५ मिनेटको हिसाबले अन नेट टक टाइमको फाइदा लिन सक्नेछन् । यस प्याक अन्तर्गत ग्राहकले एनसेल नेटवर्क भित्र कर सहित २१ पैसा प्रति मिनेटमा भ्वाइस सेवा लिन सक्नेछन् ।

ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ६ एस्ट्रिक्स २ ह्यास डायल गरी तीन दिनको समयसिमा रहेको प्याक सुचारु गर्न सक्नेछन् । त्यस्तै ग्राहकले अंग्रेजीमा २२५ लेखि १७११८ मा एसएमएस पठाएर पनि यो प्याक सुचारु गर्न सक्नेछन् ।

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।