Like us!
Follow us!

नेशनल लाइफ इन्स्योरेन्सको लाभांश परिमार्जन : बढ्यो बोनस

नेशनल लाइफ इन्स्योरेन्सको लाभांश परिमार्जन : बढ्यो बोनस

लगानी खबर, काठमाडाैं - नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/७६ काे वितरण योग्य मुनाफाबाट वितरण गर्ने घोषणा गरेको लाभांश परिमार्जन भएकाे छ ।

कम्पनीले यसअघि १५ प्रतिशत नगद लाभांश र २.५ प्रतिशत बोनस शेयर गरी कुल १७.५ प्रतिशत लाभांश घोषणा गरेर बीमा समितिमा स्विकृतीकाे लागि पेश गरेकाेमा बीमा समितिले स्वीकृत नगरेपश्चात कम्पनीले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट वितरण गर्ने नयाँ लाभांश प्रस्ताव गरेको हो ।

अब कम्पनीले १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेकाे छ ।

उक्त लाभांश बीमा समिति र आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपश्चात वितरण गरिनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

5fc86fde94fd5.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।