लगानी खबर, काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्सेमा) छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडकाे लाभांश घाेषणा गरिएकाे छ ।
संस्थाकाे हिजाे (मंसिर १७ गते, बुधबार) बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको २२ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल २९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।
संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।