Like us!
Follow us!

भूक्षय रोक्न तारेभिरमा वृक्षरोपण

भूक्षय रोक्न तारेभिरमा वृक्षरोपण

लगानीखबर काठमाडौं,गोकर्णेश्वर नगरपालिका–३ तारेभिरमा भूक्षय रोक्न वृक्षरोपण गरिएको छ । तारेभिर महिला समूहको आयोजनामा महानगरीय प्रहरी वृत्त बौद्धसहितको टोलीले वृक्षरोपण गरेको हो । पहिराको जोखिम रहेका क्षेत्रमा २५०  प्रजातिका बिरुवा रोपण गरी भविष्यमा हुने सम्भावित जोखिम न्यूनीकरण गरिएको कार्यक्रम संयोजक हरिबोल बिष्टले जानकारी दिनुभयो । 

    स्वतन्त्र टोल सुधार समितिका पदाधिकारी, वडा सदस्य र  प्रहरीसहितको उपस्थितिमा हरियाली प्रवद्र्धन गर्ने र भूक्षयको जोखिम कम गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको वडा सदस्य लक्ष्मण गोलेले बताउनुभयो ।  गोलेले आफू र महिला समूहको सक्रियतामा बिरुवाको संरक्षण पनि गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।