Like us!
Follow us!

५४.२३ प्रतिशत अन्तरिम लाभांश स्विकृत गर्न सर्वोत्तम सिमेन्टले डाक्यो विशेष साधारण सभा, हकप्रद पनि ल्याउँदै

५४.२३ प्रतिशत अन्तरिम लाभांश स्विकृत गर्न सर्वोत्तम सिमेन्टले डाक्यो विशेष साधारण सभा, हकप्रद पनि ल्याउँदै

लगानी खबर, काठमाडौँ - सर्वोत्तम सिमेन्ट लिमिटेडले विशेष साधारण सभा आह्वान गरेकाे छ ।  

कम्पनीकाे मंसिर ४ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा मंसिर २३ गते मंगलबार, कम्पनीको पाँचाै तल्लाकाे हट, न्याैपानेटावर, तीनकुने काठमाडौंमा बिहान १० बजेदेखि सुरू हुनेछ ।

सभामा आर्थिक वर्ष २०७६/७७ सम्मकाे मुनाफाबाट सञ्चालक समितिले सिफारिस गरेकाे ५४.२३ प्रतिशत अन्तरिम लाभांश वितरण गर्न स्विकृत गर्ने विशेष प्रस्ताव रहेकाे छ । यसैगरी, सञ्चालक समितिले सिफारिस गरे बमाेजिम चुक्ता पुँजीकाे १९८:१४२ हकप्रद शेयर जारी गरी चुक्ता पुँजी वृद्दि गर्ने र साेही बमाेजिम प्रबन्धपत्रमा जारी तथा चुक्ता पुँजी संशाेधन गर्ने पनि सभाकाे विशेष प्रस्ताव रहेकाे छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5fc7402f5297f.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।