Like us!
Follow us!

राष्ट्र बैंकले ५० अर्बको निक्षेप संकलन गर्दै

राष्ट्र बैंकले ५० अर्बको निक्षेप संकलन गर्दै

लगानी खबर, काठमाडौँ - नेपाल राष्ट्र बैंकले ५० अर्ब रूपैयाँ बराबरको निक्षेप बाेलकबाेल प्रक्रियाबाट संकलन गर्ने भएको छ । बैंकले २८ दिनकाे अवधिकाे लागि निक्षेप संकलन उपकरण निष्कासन गर्न लागेकाे एक सूचना मार्फत् जानकारी दिएकाे छ ।

निक्षेप संकलन उपकरण खरिद गर्न चाहाने बैंक तथा वित्तीय संस्थाले घटीमा ५ करोड रुपैयाँदेखि बढीमा ५ करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन गर्न सक्नेछन् ।  यो निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” बर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।

त्यसैगरी, यसकाे व्याजदर बाेलकबाेलकाे माध्यमबाट निर्धारण हुने बैंकले जनाएको छ ।

 निक्षेप संकलन उपकरणकाे बारेमा अन्य विवरण यस प्रकारकाे छ : 

5fc71d6a8e837.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।