Like us!
Follow us!

समृद्धि फाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम मौका

समृद्धि फाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम मौका

लगानी खबर, काठमाडौं – समृद्धि फाइनान्स लिमिटेडले मंसिर १० गते, बुधबारबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे अवितरित हकप्रद शेयरमा  आवेदन दिने आज (मंसिर १७ गते बुधबार) अन्तिम दिन रहेकाे छ ।

फाइनान्सले असोज १६ गते शुक्रबारबाट कात्तिक ६ गते, बिहीबारसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको संस्थापक समूहकाे १३ लाख ८५ हजार २ सय ६८ कित्ता र सर्वसाधारण समूहको ४ लाख ६६ हजार ८९ कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे हाे ।

प्रतिकित्ता मूल्य कति ?

उक्त शेयरको न्यूनतम मूल्य प्रतिशेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । 

कति दिने आवेदन ?

लगानीकर्ताले न्युनतम एक सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण शेयरका लागि आवेदन दिन सक्नेछन् । 

काे हाे बिक्री प्रबन्धक ?

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । 

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताहरुले बिओके क्यापिटल मार्केट लिमिटेड, कमलादी काठमाडौँ तथा बैंक अफ काठमाण्डू लिमिटेडका विराटनगर, विरगंज, जनकपुर, विर्तामाेड, धनुषा, हेटाैँडा, नारायणघाट, पोखरा, बुटवल, बागलुङ, घाेराही, सुर्खेत, नेपालगञ्ज, विरेन्द्रनगर तथा धनगढीका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

फाइनान्सले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5fb8a6aec4236.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।