Like us!
Follow us!

एनआइसी एशिया क्यापिटलको डाइनामिक डेब्ट फन्डमा कति पर्याे आवेदन ?

एनआइसी एशिया क्यापिटलको डाइनामिक डेब्ट फन्डमा कति पर्याे आवेदन ?

लगानी खबर, काठमाडौँ - एनआईसी एशिया बैंक कोष प्रबर्द्धक रहेको एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनआईसी एशिया डाइनामिक डेब्ट फण्डको इकाईमा अन्तिम दिन हिजाे (मंसिर १६ गते, मंगलबार) सम्म ६५ करोड ३८ लाख ४१ हजार ४ सय रुपैयाँ बराबरको आवेदन परेको छ ।

योजना व्यवस्थापक तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले दिएकाे जानकारी अनुसार उक्त योजनामा ८० हजार ४ सय ९ जनाले ६ करोड ५३ लाख ८४ हजार १ सय ४० इकाइका लागि आवेदन दिएका छन् ।

No description available.

 

योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलले मंसिर १२ गते, शुक्रबारबाट डाइनामिक डेब्ट फण्डको नाममा प्रति इकाई १० रुपैयाँका दरले ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई बिक्री खुल्ला गरेकाे थियाे । जसमध्ये १५ प्रतिशत अर्थात ७५ लाख इकाई कोष प्रबर्द्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी ४ करोड २५ लाख इकाईमध्ये प्रथम चरणमा सर्वसाधारणहरुलाई १ करोड २५ लाख इकाईमा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको हो ।

त्यसैगरी, खुल्लामुखी योजनाको यो म्युचुअल फन्डमा पर्याप्त आवेदन परेकाले छिट्टै आवेदन बन्द गरिएको क्यापिटलले जनाएको छ । नेपालको शेयर बजारमा यो दोस्रो खुल्लामुखी योजना हो ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।