Like us!
Follow us!

३.३५ अंकले बढ्यो शेयर बजार : ५ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार !

३.३५ अंकले बढ्यो शेयर बजार : ५ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार !

लगानी खबर, काठमाडौँ - आज (मंगलबार) पनि शेयर बजारले उकालाे यात्रा तय गरेकाे छ । लगातार केही दिनबाट दिनहुँ नयाँ रेकर्ड बनाउँदै आएकाे शेयर बजारमा मंगलबार भने सामान्य सुधार मात्र देखिएकाे छ ।

 नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक ३.३५ अंकले बढेर २०००.४० मा पुगेकाे छ । नेप्से ०.१७ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक भने १.७७ अंकले घटेर ३८३.७९ मा पुगेको छ ।

कूल १९७ वटा कम्पनीकाे एक कराेड ८५ लाख ७६ हजार ७ सय ८ कित्ता शेयर खरिदबिक्री हुँदा ७ अर्ब ४० करोड ४१ लाख ५४ हजार ७ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ५ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी ७ वटा उपसमूहकाे शेयर घटेकाे छ ।

त्यसैगरी,मंगलबार ५ वटा कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, रसुवागढी हाइड्रोपावर, अपर तामाकोशी हाइड्रोपावर, सान्जेन जलविद्युत कम्पनी लिमिटेड र नेपाल टेलिकमकाे शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

 हेराैं आजकाे शेयर तालिका :

 

5fc60d6ef26de.jpg 5fc60d75ee4cf.jpg 5fc60d7e6c983.jpg 5fc60d85498fe.jpg 5fc60d8e612e3.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।