लगानी खबर, काठमाडौँ - माउन्टेन इनर्जी नेपाल लिमिटेडको साधारण शेयर (आइपिओ) काे बाँडफाँड भाेलि (मंसिर १७ गते, बुधबार) हुँदैछ । आइतबार 'प्रि अलोटमेन्ट' सम्पन्न भएकाे उक्त आइपिओकाे बाँडफाँड बुधबार बिहान १० बजे माउन्टेन इनर्जी नेपाल लिमिटेडको कार्यालय डिल्लीबजार, काठमाडौंमा हुने भएकाे हाे ।
कम्पनीकाे आइपिओमा ६ लाख ७४ हजार जना आवेदकले १ अर्ब ३९ करोड ४४ लाख ४१ हजार रुपैयाँ बराबरको १ करोड ३९ लाख ४४ हजार ४१० कित्ताको लागि आवेदन दिएका थिए । यो सर्वसाधारणका लागि माग गरिएकाे भन्दा ७.६१ गुणा धेरै हो । कम्पनीकाे आइपीओमा माग भन्दा बढी आवेदन परेकाे हुनाले गाेलाप्रथाद्वारा बाँडफाँड गर्न लागिएकाे हाे । गाेलाप्रथाद्वारा बाँडफाँड गरिने हुँदा शेयर पाउन भाग्यमा भरपर्नु पर्दछ ।
जसमध्ये, ६ लाख ५१ हजार ५ सय ७५ जना योग्य आवेदक रहेका छन् । गोलाप्रथाबाट बाँडफाँड गर्दा एक लाख ८३ हजार २६ जनाले १० कित्ताका दरले शेयर पाउने छन् र बाँकी ४ लाख ९० हजार ९७३ जना आवेदककाे भने हात खाली हुनेछ ।
कम्पनीले कात्तिक २६ गते, बुधबारदेखि मंसिर ३ गते, बुधबारसम्म १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्कासन गरेको थियाे । जसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोष र बाँकी १८ लाख ३० हजार २६५ कित्ता सर्वसाधारणहरुका लागि निष्कासन गरेको हो ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।