लगानी खबर, काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा चिलिमे जलविद्युत कम्पनी लिमिटेडकाे लाभांश घाेषणा गरिएकाे छ ।
कम्पनीको आज (मंसिर १६ गते, मंगलबार) बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश कम्पनीकाे आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ ।
त्यसैगरी, कम्पनीले पुस १२ गते आइतबार कम्पनीकाे वार्षिक साधारण सभा आह्वान गरेकाे छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि मङ्सिर २९ गतेदेखि पुस १२ गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेको छ । त्यसैले, मङ्सिर २८ गतेसम्म नेप्सेमा काराेबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।