Like us!
Follow us!

सानिमा माई हाइड्रोद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

सानिमा माई हाइड्रोद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

लगानी खबर, काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सानिमा माई हाइड्रोपावर लिमिटेडकाे लाभांश घाेषणा गरिएकाे छ ।

कम्पनीको हिजाे (मंसिर १५ गते, साेमबार) बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई  १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश कम्पनीकाे आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ । 

त्यसैगरी, कम्पनीले पुस २३ गते बिहीबार कम्पनीकाे वार्षिक साधारण सभा आह्वान गरेकाे छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि पुस १३ गते बुकक्लाेज गर्ने निर्णय गरेको छ । त्यसैले, पुस १२ गतेसम्म नेप्सेमा काराेबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

5fc5cff8e1150.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।