Like us!
Follow us!

कुकुरसँग खेल्दा अमेरिकी राष्ट्रपति बाइडेनको खुट्टा मर्कियो

कुकुरसँग खेल्दा अमेरिकी राष्ट्रपति बाइडेनको खुट्टा मर्कियो

लगानी खबर, काठमाडौं – संयुक्त राज्य अमेरिकाको नवनिर्वाचित राष्ट्रपति जो बाइडेनकाे कुकुरसँग खेल्ने क्रममा खुट्टा मर्किएकाे छ ।

बाइडेनको दायाँ खुट्टा मर्किएको र उनलाई केही हप्तासम्म सहयोगी आवश्यक पर्नसक्ने अमेरिकी सञ्चारमाध्यमहरूमा उल्लेख गरिएकाे छ । उनलाई उपचार गर्नका लागि शनिबार डेलावेयरस्थित नेवार्क अस्पतालमा भर्ना गरिएको थियो ।  

प्रारम्भिक एक्स–रे गर्दा हड्डी भाँचिएको नदेखिएको र उनकाे खुट्टाको सिटी स्क्यान गर्न लागिएको बाइडेनका चिकित्सक केभिन ओ–कोन्नोरले एक विज्ञप्ति प्रकाशन गर्दै जानकारी दिएका छन् । (एजेन्सीकाे सहयाेगमा)

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।