लगानी खबर, काठमाडौँ - आज (साेमबार) पनि शेयर बजारमा उत्साह कायम नै रहेकाे छ । पछिल्लाे समय शेयर बजारमा दिनहुँ जसाे नयाँ रेकर्ड बन्न थालेपछि लगानीकर्ताहरूमा नयाँ उर्जा थपिएकाे छ । आजकाल काराेबार रकममा उछाल देखिन थालेकाे छ ।
साेमबार शेयर कारोबार मापक नेप्से परिसूचक २८.७९ अंकले बढेर १९९७.०५ मा पुगेकाे छ । नेप्से १.४६ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १.६३ अंकले बढेर ३८५.५६ मा पुगेको छ । कूल १९८ वटा कम्पनीकाे २ कराेड ५१ लाख ९१ हजार ३ सय १९ कित्ता शेयर खरिदबिक्री हुँदा ८ अर्ब ८६ करोड ७७ लाख १४ हजार ६ सय ८२ रुपैयाँको कारोबार भएकाे छ ।
बढेको बजारमा युनाइटेड माेदी हाइड्रोपावर, अपर तामाकोशी हाइड्रोपावर, ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड, नेपाल बङ्गलादेश बैंक लिमिटेड, सान्जेन जलविद्युत कम्पनी लिमिटेड, रसुवागढी हाइड्रोपावर, नेपाल लाइफ इन्स्याेरेन्स, साल्ट ट्रेडिङ कम्पनी लिमिटेड, एनसीसी बैंक र सानिमा माइ हाइड्रोपावरका शेयरधनीहरूले सबैभन्दा धेरै आम्दानी गरेका छन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।