Like us!
Follow us!

दिनहुँ नयाँ कीर्तिमानीतर्फ शेयर बजार

दिनहुँ नयाँ कीर्तिमानीतर्फ शेयर बजार

लगानी खबर, काठमाडौँ - साताको दोस्रो कारोबार दिन आज (साेमबार) नेप्से सूचक २ हजार माथि उक्लिएर फर्किएकाे छ । प्रि ओपन सेसनमा नै २००० विन्दुमा पुगेको नेप्से परिसूचक बीचमा २०२८ सम्म पुगेको थियाे फेरि तलमाथी हुँदा हुँदै अन्त्यमा १९९७.०५ काे विन्दुमा आएर अड्किएकाे छ । आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक ७५.०२ अंकले बढेर १९६८.२७ मा पुगेर बन्द भएकाे थियाे । २०२८ नेप्सेले छाेएकाे हालसम्म कै उच्च विन्दु हाे ।

 नेपाल स्टक एक्सचेञ्जका अनुसार साेमबार शेयर कारोबार मापक नेप्से परिसूचक २८.७९ अंकले बढेर १९९७.०५ मा पुगेकाे छ । नेप्से १.४६ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १.६३ अंकले बढेर ३८५.५६ मा पुगेको छ ।

कूल १९८ वटा कम्पनीकाे २ कराेड ५१ लाख ९१ हजार ३ सय १९ कित्ता शेयर खरिदबिक्री हुँदा ८ अर्ब ८६ करोड ७७ लाख १४ हजार ६ सय ८२ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ८ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी ४ वटा उपसमूहकाे शेयर घटेकाे छ ।

हेराैँ आजकाे शेयर तालिका :

5fc4bbe59b10e.jpg 5fc4bbef6b0cf.jpg 5fc4bbf8dacc0.jpg 5fc4bc005c7d2.jpg 5fc4bc0930890.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।