Like us!
Follow us!

सेञ्चुरी बैंकले थप्याे नयाँ शाखा

सेञ्चुरी बैंकले थप्याे नयाँ शाखा

लगानी खबर, काठमाडौँ - सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले हिजाे मंसिर १४ गतेबाट बाँके जिल्लाको कोहलपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा सञ्चालनमा आएलगतै बैंकको शाखा संजाल ११४ पुगेको छ । 

बैंकले ग्राहकहरूको सेवामा थप विस्तार गर्ने उद्देश्यले बाँके जिल्लाको कोहलपुर गा.वि.स. ११ बाट बैंकिङ्ग सेवा सुरू गरेको हो । सबै क्षेत्रसम्म बैंकिङ्ग सेवा विस्तार गर्ने उद्देश्यले यसअघि बैकले विभिन्न स्थानमा शाखा, शाखारहित बैकिङ्ग सेवा तथा एक्सटेनसन काउण्टरहरू संचालनमा ल्याई बैकिङ्ग सेवाहरू ग्राहकहरूलाई प्रदान गदै आएको छ ।
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।