Like us!
Follow us!

नाइजेरियामा खेतमा काम गरिरहेका ११० जना किसानको घाँटी रेटेर हत्या

नाइजेरियामा खेतमा काम गरिरहेका ११० जना किसानको घाँटी रेटेर हत्या

लगानी खबर, काठमाडौँ - नाइजेरियामा इस्लामिक स्टेट आतंकवादी समूह बोको हराम समूहका लडाकूले १ सय १० जना मजदूरको घाँटी रेटेर हत्या गरेका छन् । कृषिको काम गरिरहेका सर्वसाधारणलाई नियन्त्रणमा लिई उक्त समूहले हातखुट्टा बाँधी रेटेर हत्या गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा उल्लेख गरिएकाे छ ।

मोटरसाइकलमा आएका आक्रमणकारीहरूले खेतमा काम गरिरहेका किसानमाथि आक्रमण गरेका थिए । १ सय १० जनाको शव घाँटी काटिएको अवस्थामा फेला परेको र ६ जना घाइते भएको घटनापछि स्थानीयको उद्धारमा संलग्न मिलिसिया प्रमुखले जानकारी दिएका छन् ।

नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीले घटनाको निन्दा गरेका छन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।