Like us!
Follow us!

युनिलिभर नेपालको साधारण सभा मंगलबार हुँदै, यस्ता छन् पारित हुने एजेन्डा

युनिलिभर नेपालको साधारण सभा मंगलबार हुँदै, यस्ता छन् पारित हुने एजेन्डा

लगानी खबर, काठमाडौँ - युनिलिभर नेपाल लिमिटेडकाे २७औँ वार्षिक साधारण सभा भाेलि (मंसिर १६ गते, मंगलबार) हुँदैछ । कम्पनीकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे २६औं वार्षिक साधारण सभा कम्पनीको कर्पोरेट कार्यालयमा अपरान्ह ३ः४५ बजेदेखि भिडियो कन्फ्रेन्सिङ्गको माध्यमबाट सञ्चालन हुनेछ ।

सभामा कम्पनीकाे असाेज ९ गते शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/०७७ काे सञ्चित मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई  प्रति शेयर १०० रुपैयाँको दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यसका साथै, सभामा कम्पनीको व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गतको परियोजनाहरुको खर्चहरुलाई पारित गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, प्रबन्ध निर्देशककाे पारिश्रमिककाे बारेमा जानकारी गराउने लगायतका प्रस्तावहरु पारित गरिनेछ।

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि कार्तिक २७ गते बुकक्लोज गरेकाे थियाे । त्यसैले, कार्तिक २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।