Like us!
Follow us!

लाभांश पारित गर्न अरुण भ्याली हाइड्रोपावरले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

लाभांश पारित गर्न अरुण भ्याली हाइड्रोपावरले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

लगानी खबर, काठमाडौँ - अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले २३औं वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।  

कम्पनीकाे हिजाे (मंसिर १४ गते, आइतबार) बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे २३औं वार्षिक साधारण सभा वाैष ८ गते, बुधबार, कम्पनीको सभाकक्ष, ट्रेड टावर, दोस्रो तल्ला, थापाथली, काठमाडौंमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरे अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर र ०.२६३ प्रतिशत (कर प्रयाेजनका लागि) नगद लभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

कम्पनीकाे २१ औं वार्षिक साधारण सभाले पारित गरेको १:१ अनुपातको हकप्रद शेयरमध्ये प्रथम चरणमा काबेली बी १ क्यासकेड जलविद्युत आयोजना निर्माणका लागि आवश्यक पर्ने स्वपूँजी लगानीको लागि २३ औं वार्षिक साधारण सभाबाट पारित बोनस शेयर पश्चात कायम हुने चुक्ता पूँजीको एक बराबर ०.५ (१:०५) को अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव पनि सभामा पारित गरिनेछ ।

यसका साथै, सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन,आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक ताेक्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरीनेछ ।

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि मंसिर २६ गतेदेखि पुस २ गतेसम्म बुकक्लोज गर्ने भएकाे छ । त्यसैले, मंसिर २५ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5fc48d3264338.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।