Like us!
Follow us!

हिमालयन बैंकको २०% लाभांश घोषणा, बोनस र नगद कति ?

हिमालयन बैंकको २०% लाभांश घोषणा, बोनस र नगद कति ?

लगानी खबर, काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हिमालयन बैंक लिमिटेडकाे लाभांश घाेषणा गरिएकाे छ ।

बैंककाे हिजाे (मंसिर १४ गते, आइतबार) बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/०७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ । 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5fc47949cd387.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।