Like us!
Follow us!

नेप्सेमा कुमारी बैंकको शेयरमूल्य समायाेजन

नेप्सेमा कुमारी बैंकको शेयरमूल्य समायाेजन

लगानी खबर, काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कुमारी बैंक लिमिटेडकाे बाेनस शेयरमा मूल्य समायाेजन भएकाे छ । 

बैंककाे १०.८५ प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता २७३ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ३०३ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

बैंककाे मंसिर ५ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे बीसाैँ वार्षिक साधारण सभा मंसिर २९ गते, साेमबार, बैंककाे रजिष्टर्ड कार्यालय, टङ्गाल,  काठमाडौँमा बिहान ११:३० बजेबाट सुरू हुनेछ ।

बैंकले गत आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट शेयरधनीहरूलाई १४ प्रतिशत लाभांश दिने भएको छ । सभामा सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार शेयरधनीहरूलाई १०.८५ प्रतिशतका दरले बोनस शेयर र ३.१५ प्रतिशतका दरले नगद लाभांश (कर समेत) वितरण गरिने विशेष प्रस्ताव पारित गरिनेछ ।

यसका साथै, सभामा बैंककाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन,आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक ताेक्ने, मर्जर तथा एक्वीजिसनसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरिनेछ

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।