Like us!
Follow us!

माउन्टेन इनर्जीको आइपिओ बाँडफाँड गर्ने मिति जुर्यो : शेयर पाउने भाग्यमानी कति ?

माउन्टेन इनर्जीको आइपिओ बाँडफाँड गर्ने मिति जुर्यो : शेयर पाउने भाग्यमानी कति ?

लगानी खबर, काठमाडौँ -  माउन्टेन इनर्जी नेपाल लिमिटेडको साधारण शेयर (आइपिओ) काे बाँडफाँड मंसिर १७ गते, बुधबार हुने भएकाे छ । आज आइतबार 'प्रि अलोटमेन्ट' सम्पन्न भएकाले बुधबार बाँडफाँड गर्ने तयारी गरिएकाे हाे ।

कम्पनीकाे आइपिओमा ६ लाख ७४ हजार जना आवेदकले १ अर्ब ३९ करोड ४४ लाख ४१ हजार रुपैयाँ बराबरको १ करोड ३९ लाख ४४ हजार ४१० कित्ताको लागि आवेदन  दिएका थिए । यो सर्वसाधारणका लागि माग गरिएकाे भन्दा ७.६१ गुणा धेरै हो । 

जसमध्ये, ६ लाख ५१ हजार ५ सय ७५ जना योग्य आवेदक रहेका छन् । गोलाप्रथाबाट बाँडफाँड गर्दा एक लाख ८३ हजार २६ जनाले शेयर पाउने छन् र बाँकी आवेदककाे भने हात खाली हुनेछ । 

कम्पनीले कात्तिक २६ गते, बुधबारदेखि मंसिर ३ गते, बुधबारसम्म १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्कासन गरेको थियाे । जसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोष र बाँकी १८ लाख ३० हजार २६५ कित्ता सर्वसाधारणहरुका लागि निष्कासन गरेको हो । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।