Like us!
Follow us!

युनाईटेड इदी–मर्दीको आइपिओ बाँडफाँड : भाग्यमानी ८१ हजार २७३ जनाले पाए १० कित्ता शेयर

युनाईटेड इदी–मर्दीको आइपिओ बाँडफाँड : भाग्यमानी ८१ हजार २७३ जनाले पाए १० कित्ता शेयर

लगानी खबर, काठमाडौँ - युनाईटेड इदी–मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले मंसिर ३ गते, बुधबारबाट मंसिर ७ गते, आइतबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण शेयर (आइपिओ)  काे बाँडफाँड आज (मंसिर १४ गते, आइतबार) निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालय जमल, काठमाडौंमा गरिएकाे छ ।

कम्पनीकाे आइपिओमा आवेदन दिएका कुल ५ लाख ४१ हजार २ सय ६३ जना सर्वसाधारणमध्ये ८१ हजार २ सय ७३ जनाले गोलाप्रथामार्फत १० कित्ताका दरले शेयर पाएका छन् । बाँकी ४ लाख ५९ हजार ९८९ जना आवदकको हात खाली भएकोे छ । जसमध्ये, ८८३ जनाको आवेदन रद्द भएको छ ।

कम्पनीकाे आइपिओमा ५ लाख ४१ हजार २ सय ६३ जना आवेदकले ९४ करोड ९८ लाख ४० हजार रुपैयाँ बराबरको ९४ लाख ९८ हजार ४ सय कित्ताका लागि आवेदन दिएका थिए । यो आवेदन सर्वसाधरणबाट माग गरिएको भन्दा ११.६८ गुणा बढी हो । कम्पनीले सर्वसाधारणहरुका लागि ८ लाख १२ हजार ७ सय ३६ कित्ता माग गरेकाे थियाे । 

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।