Like us!
Follow us!

अरुण भ्याली हाइड्रोपावरको लाभांश घोषणा, हकप्रद निष्कासन कहिले ?

अरुण भ्याली हाइड्रोपावरको लाभांश घोषणा, हकप्रद निष्कासन कहिले ?

लगानी खबर, काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्सेमा) अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे लाभांश घाेषणा गरिएकाे छ ।

कम्पनीकाे आज (मंसिर १४ गते, आइतबार) बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर र ०.२६३ प्रतिशत (कर प्रयाेजनका लागि) नगद लभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश आगामी २३ औं वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ ।

त्यसैगरी, उक्त बैठकमा कम्पनीकाे २१ औं वार्षिक साधारण सभाले पारित गरेको १ः१ अनुपातको हकप्रद शेयर मध्ये प्रथम चरणमा काबेली बी १ क्यासकेड जलविद्युत आयोजना निर्माणका लागि आवश्यक पर्ने स्वपूँजी लगानीको लागि २३ औं वार्षिक साधारण सभाबाट पारित बोनस शेयर पश्चात कायम हुने चुक्ता पूँजीको एक बराबर ०.५ को अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव पनि पारित गरिएकाे छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5fc3786ea0f8c.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।