लगानी खबर, काठमाडौँ - गत साताकाे अन्तिम दिन बिहीबार नयाँ इतिहास कायम गरेर बन्द भएकाे शेयर बजारले यस साताकाे पहिलाे दिन आज (आइतबार) फेरि पनि नयाँ रेकर्ड बनाएकाे छ । आइतबार पनि नेप्से सूचक र काराेबार रकम दुवैले नयाँ रेकर्ड बनाएका हुन् । शेयर बजारले यसअघिको उच्चतम विन्दु १८८१ लाई क्रस गरेपछि लगानीकर्ताहरूमा झनै उत्साह थपिएकाे छ । नेप्से दिनहुँ नयाँ इतिहास बनाउन लम्किरहेकाे छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक ७५.०२ अंकले बढेर एक हजार ९६८.२७ मा पुगेकाे छ । नेप्से ३.९६ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १८.७६ अंकले बढेर ३८३.९३ मा पुगेको छ ।
कूल २०० वटा कम्पनीकाे २ कराेड ५९ लाख ४५ हजार ३ सय ८० कित्ता शेयर खरिदबिक्री हुँदा ९ अर्ब २२ करोड ७३ लाख ४८ हजार ३ सय ४८ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ८ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी ४ वटा उपसमूहकाे शेयर घटेकाे छ ।
हेराैँ आजकाे शेयर तालिका :


प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।