Like us!
Follow us!

बैंक अफ काठमाण्डूको १६ प्रतिशत लाभांश सोमबार पारित हुँदै

बैंक अफ काठमाण्डूको १६ प्रतिशत लाभांश सोमबार पारित हुँदै

लगानी खबर, काठमाडौँ - बैंक अफ काठमाण्डू लिमिटेडकाे २६औं वार्षिक साधारण सभा भाेलि (मंसिर १५ गते, साेमबार) हुँदैछ ।

बैंककाे कार्तिक २० गते बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे २६औं वार्षिक साधारण सभा बैंककाे प्रधान कार्यालय, कमलपोखरी, काठमाडौंमा भिडियाे कन्फ्रेन्स मार्फत सञ्चालन हुनेछ ।

सभामा बैंककाे असाेज १४ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/०७७ काे सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १३ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद (कर सहित) गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

बैंकले साधारण सभा प्रयाेजनका लागि कार्तिक २८ गते, शुक्रबारदेखि मंसिर १५ गते, साेमबारसम्म बुक क्लोज गरेको छ । त्यसैले, कार्तिक २७ गते, बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।