लगानी खबर, काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडले आफ्नाे स्वामित्वमा रहेको नागरिक लगानी कोष, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे संस्थापक समूहकाे शेयर आज (मंसिर ७ गते, आइतबार) बाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे छ ।
बैंकले नागरिक लगानी कोषको २ लाख २ हजार ५ सय ६० कित्ता, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे एक लाख ९२ हजार ९ सय ९४ कित्ता, एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे एक लाख ३९ हजार ४ सय ७० कित्ता र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे एक लाख २५ हजार ७ सय २६ कित्ता संस्थापक समूहकाे शेयरहरू लिलाम बढाबढ गरी बिक्री गर्न लागेकाे हाे ।
उक्त शेयरमा नागरिक लगानी कोषको शेयरमा बैंक, वित्तीय संस्था र बीमा कम्पनीले मात्र आवेदन दिन सक्नेछन् भने सूर्या लाइफ र एशियन लाइफको शेयरमा अन्य योग्य लगानीकर्ताले पनि आवेदन दिन सक्नेछन् ।
कहिलेसम्म दिने आवेदन ?
लगानीकर्ताले आज (मंसिर १४ गते, आइतबार) बाट मंसिर १९ गते शुक्रबारसम्म बोलपत्र पेश गर्नुपर्नेछ ।
कति दिने आवेदन ?
लगानीकर्ताले न्युनतम एक सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
काे हाे बिक्री प्रबन्धक ?
कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
कहाँबाट दिने आवेदन ?
लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौं तथा एनआईसी एशिया बैंक लमिटेडकाे केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सक्नेछन् ।
कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।