Like us!
Follow us!

साल्ट ट्रेडिङको ३५% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

साल्ट ट्रेडिङको ३५% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

लगानी खबर, काठमाडौँ - साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज (मंसिर १४ गते, आइतबार) अन्तिम दिन रहेकाे छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि भाेलि (मंसिर १५ गते, साेमबार) बाट मंसिर ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकाे छ । त्यसैले, आज (मंसिर १४ गते, आइतबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीको मंसिर ८ गते, साेमबार बसेको सञ्चालक समितिको बैठकले मंसिर ३० गते कम्पनीकाे ५३ अाैँ वार्षिक साधारण सभा आह्वान गरेको छ । सभामा आर्थिक वर्ष ७५/७६को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई  २५ प्रतिशत बोनस र १० प्रतिशत नगद गरि कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।