Like us!
Follow us!

माछापुच्छ्रे बैंकले डाक्यो साधारण सभा, शेयरधनीको हातमा कति लाभांश ?

माछापुच्छ्रे बैंकले डाक्यो साधारण सभा, शेयरधनीको हातमा कति लाभांश ?

लगानी खबर, काठमाडौँ - माछापुच्छ्रे बैंक लिमिटेडले २२औंं वार्षिक साधारण सभा आह्वान गरेकाे छ । यसअघि कार्तिक ६ गते, हाेटल पाेखरा ग्राण्ड, पार्दि, पाेखरामा गरिने भनिएकाे सभा कोरोना संक्रमण र चाडपर्वको कारण शेयरधनीहरूलाई साधारण सभामा भाग लिन कठिनाई हुने परिस्थितिलाई मध्यनजर गर्दै स्थगित गरिएकाे थियाे ।

बैंककाे मंसिर १२ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे २२औंं वार्षिक साधारण सभा पाैष २ गते, बिहीबारहाेटल पाेखरा ग्राण्ड, पार्दि, पाेखरामा बिहान ११ बजेबाट सुरू हुनेछ ।

यसैगरी, सभामा बैंककाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार हाल कायम चुक्ता पूँजीको ७.०३ प्रतिशत अर्थात ५९ करोड ४६ लाख १६ हजार ९३१ रुपैयाँ बराबरको बोनस शेयर र ३.७३ प्रतिशत अर्थात २८ करोड ५० लाख ६४ हजार ७४४ रुपैयाँ बराबरको नगद लाभांश (बोनस तथा नगद लाभांशमा लाग्ने कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यसका साथै, सभामा बैंककाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन,आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक ताेक्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरीनेछ ।

त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि असाेज २२ गते बुकक्लाेज गरेकाे थियाे । त्यसैले, असाेज २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

 

5fc330687351c.jpg 5fc330713e4ea.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।