Like us!
Follow us!

भर्खरै आइपिओ ल्याएको जनरल इन्स्योरेन्सको नाफा ३०७ प्रतिशतले बढ्दा चम्किए अधिकांश सूचक (विवरणसहित)

भर्खरै आइपिओ ल्याएको जनरल इन्स्योरेन्सको नाफा ३०७ प्रतिशतले बढ्दा चम्किए अधिकांश सूचक (विवरणसहित)

लगानी खबर, काठमाडाैं - जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीकाे नाफासँगै अधिकांश सूचकमा चमक देखिएकाे छ ।

पहिलो त्रैमासमा कम्पनीले २ करोड ३७ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा ३०७.६२ प्रतिशतले धेरै हाे । गत वर्षको यही अवधीमा कम्पनीले ५८ लाख ३५ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेकाे थियाे ।

यसैगरी, पहिलो त्रैमासमा कम्पनीले ९ करोड ७५ लाख ४१ हजार रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेकाे छ । उक्त रकम गत आर्थिक वर्षकाे तुलनामा २ करोड ७० लाख रुपैयाँले धेरै हाे । गत वर्षकाे यही अवधीमा कम्पनीले ७ करोड ५ लाख ४० हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेकाे थियाे ।

त्यसैगरी, कम्पनीकाे बिमा कोषको आकार १००.३१ प्रतिशतले बढेर ६ करोड २९ लाख रुपैयाँ पुगेको छ । गत वर्षकाे यही अवधीमा कम्पनीकाे बिमा कोषमा ३ करोड १४ लाख रुपैयाँ थियो । 

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी एक अर्ब रुपैयाँ र जगेडा कोषमा ५ करोड ७२ लाख ८६ हजार रुपैयाँ रहेकाे छ । कम्पनीकाे प्रतिशेयर आम्दानी ९ रुपैयाँ ५१ पैसा र प्रतिशेयर नेटवर्थ ११२ रुपैयाँ ६६ पैसा रहेको छ ।

कम्पनीले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

5fc32b85314e4.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।