Like us!
Follow us!

महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित

महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित

लगानी खबर, काठमाडौँ - नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित भएका छन् । 

महासंघको हिजाे (शनिबार) भएको ५४औं वार्षिक साधारण सभाबाट उनी ५४ प्रतिशत बढी मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी किशोर प्रधान थिए ।

ढकालले ३० प्रतिशत मतभार हुने एशोसियटमा प्रधानलाई ३७५ मतका विरुद्ध ५२२ मत ल्याएर पराजित गरेका हुन् भने २० प्रतिशत मतभार भएको वस्तुगतमा प्रधानलाई ३९ मतका विरुद्ध ५९ मत ल्याएर पराजित गरेका हुन् ।

ढकाल यसअघि दुईपटक महासंघको कार्यकारिणी समिति सदस्य र एकपटक उपाध्यक्ष भइसकेका छन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।