Like us!
Follow us!

युनाईटेड इदी–मर्दीको आइपिओ बाँडफाँड आज हुँदै : ४ लाख ५९ हजारको हात खाली हुने

युनाईटेड इदी–मर्दीको आइपिओ बाँडफाँड आज हुँदै : ४ लाख ५९ हजारको हात खाली  हुने

लगानी खबर, काठमाडौँ - युनाईटेड इदी–मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले मंसिर ३ गते, बुधबारबाट मंसिर ७ गते, आइतबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण शेयर (आइपिओ)  काे बाँडफाँड आज (मंसिर १४ गते, आइतबार) हुँदैछ । शुक्रबार 'प्रि अलोटमेन्ट' सम्पन्न भएकाले आज बाँडफाँड गर्न लागिएकाे हाे । उक्त आइपिओ आज अपराह्न ४ बजे निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालय जमल, काठमाडौंमा बाँडफाँड गरिनेछ ।

कम्पनीकाे आइपिओमा ५ लाख ४१ हजार २ सय ६३ जना आवेदकले ९४ करोड ९८ लाख ४० हजार रुपैयाँ बराबरको ९४ लाख ९८ हजार ४ सय कित्ताका लागि आवेदन दिएका थिए । यो आवेदन सर्वसाधरणबाट माग गरिएको भन्दा ११.६८ गुणा बढी हो । कम्पनीले सर्वसाधारणहरुका लागि ८ लाख १२ हजार ७ सय ३६ कित्ता माग गरेकाे थियाे । यसरी हेर्दा ८१ हजार २ सय ७३ जनाले मात्रै १० कित्ताका दरले आइपीओ हात पार्नेछन् भने बाँकी ४ लाख ५९ हजार ९८९ जनाकाे हात खाली हुनेछ । कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकाेले न्युन्तम १० कित्ताका दरले शेयर बाँडफाँड हुनेछ। 

कम्पनीले ८ लाख ७३ हजार ९ सय १० कित्ता साधारण शेयर (आइपिओ) निष्कासन गरेको हाे । जसमध्ये ४३ हजार ६९६ कित्ता शेयर सामूहिक लगानी कोषका लागि, १७ हजार ४ सय ७८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ८ लाख १२ हजार ७ सय ३६ कित्ता सर्वसाधारणहरुका लागि निष्कासन गरिएकाे थियाे । 

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।