Like us!
Follow us!

ग्लोबल आइएमई बैंकले कास्कीमा थप्याे नयाँ एक्सटेन्सन काउण्टर

ग्लोबल आइएमई बैंकले कास्कीमा थप्याे नयाँ एक्सटेन्सन काउण्टर

लगानी खबर, काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेडले हिजाे (शुक्रबार) कास्की जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एस.पी. प्रभू प्रसाद ढकाल र कास्की जिल्ला प्रहरी कार्यालय प्रमुख एस.पी. जीवन कुमार श्रेष्ठले संयुक्त रूपमा बैंकको एक्सटेन्सन काउण्टरको उद्घाटन गरेका हुन् ।

बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै कास्की जिल्ला, पोखरा महानगरपालिका – ९, नयाँबजार स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरमा एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो । बैंकले जिल्ला ट्राफिक प्रहरी कार्यालयमा सेवा लिने सेवाग्राही लगायत अन्य ग्राहकहरूलाई बैंकिङ्ग सेवा प्रदान गर्ने प्रयोजनार्थ यस एक्सटेन्सन काउण्टर सुरू गरेको हो ।

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।