Like us!
Follow us!

प्रभु लाइफ इन्स्योरेन्सले पायो आइपिओ ल्याउन अनुमति

प्रभु लाइफ इन्स्योरेन्सले पायो आइपिओ ल्याउन अनुमति

लगानी खबर, काठमाडौं – प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट साधारण शेयर (आइपिओ) जारी गर्ने अनुमति पाएको छ ।

कम्पनीले ६० कराेड रूपैयाँ बराबरकाे ६० लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि असोज २१ गते बुधबार सेबाेनमा निवेदन निवेदन दिएकाेमा धितोपत्र बोर्डले मंसिर ११ गते, बिहीबार आइपिओ निष्कासन गर्ने अनुमति प्रदान गरेकाे हाे ।

कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम  सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ ।

कम्पनीको आइपिओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा आईआर बीबी प्लस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनीकाे अधारभुत पक्ष मध्यम जोखिम रहेको संकेत गर्दछ ।

 

5fc0dc6b7c7da.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।