Like us!
Follow us!

यसकारण उपत्यकाकाे यी ठाउँमा ३ दिन बत्ती जाँदै

यसकारण उपत्यकाकाे यी ठाउँमा ३ दिन बत्ती जाँदै

लगानी खबर, काठमाडौँ - काठमाडौं उपत्यकाकाे विभिन्न ठाउँमा ३ दिन बत्ती जाने भएको छ ।  

जोरपाटी वितरण केन्द्र अन्तर्गतका स्थानहरूमा मंसिर १३ गते, १४ गते र १५ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत अवरुद्द हुने नेपाल विद्युत प्राधिकरणले जानकारी दिएकाे छ ।

जोरपाटी वितरण केन्द्रको मुलपानी स्वचिङ्गबाट सञ्चालित साँखु फिडरको मुलपानी ब्रह्मखेल सडक खण्डको मुलपानी पिपलबोटदेखि मुलपानी चौरसम्म एच.टी.लाइन तान्ने कार्य हुन लागेकोले उक्त फिडर अन्तगर्तको सिर्जनाटोल, इन्द्रायणी, साँखु र जरसिंहपौवा लगायतका क्षेत्रमा बत्ती जाने भएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएकाे हाे ।

त्यसैगरी, विद्युत् सेवा अवरुद्ध हुँदा ग्राहक वर्गमा पर्ने असुविधाप्रति माफी माग्दै काम निर्धारित समय अगावै सकियाे भने ताेकिएकाे समयभन्दा अगाडि नै बत्ती आउनसक्ने समेत प्राधिकरणले जनाएको छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।