Like us!
Follow us!

शेयर बजारले नयाँ रेकर्ड बनाउँदा के भन्छ नेप्से ?

शेयर बजारले नयाँ रेकर्ड बनाउँदा के भन्छ नेप्से ?

लगानी खबर, काठमाडौँ - हिजाे (मंसिर ११ गते, बिहीबार) धिताेपत्रकाे दाेश्राे बजारमा नयाँ इतिहास कायम भएकाे छ । बिहीबार नेप्से सूचक र काराेबार रकम दुवैले नयाँ रेकर्ड बनाएका हुन् ।

 नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार ७ अर्ब ६१ करोड ३० लाख ३० हजार रुपैयाँ बराबरको १ करोड ७१ लाख ८८ हजार ९९ कित्ता शेयर किनबेच भएका छन् । यसैगरी, सम्रग शेयर बजार परिसूचक नेप्से यस दिन १८९३.२४ विन्दु कायम भएको छ । कारोबार रकम तथा बजार परिसूचकका आधारमा धिताेपत्रकाे दाेश्राे बजारमा कायम भएकाे यो नयाँ कीर्तिमान हो । 

यसअघि २०७७ मंसिर ७ गते ६ अर्ब ९० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो भने २०७३ साल साउन १२ गते बजार परिसूचक नेप्से १८८१.४५ विन्दुमा पुगेकाे थियाे ।

शेयर बजारले रेकर्ड ब्रेक गरेकाे दिन हिजाे बिहीबार कुल २३ हजार ५० जना लगानीकर्ता शेयर काराेबारमा सहभागी भएका नेप्सेले जनाएकाे छ । कुल कारोबारमध्ये ८७.७५ प्रतिशत काराेबार अनलाइनमार्फत भएको पनि नेप्सेले जानकारी गराएकाे छ ।

त्यसैगरी, नेप्सेले कारोबारले रेकर्ड ब्रेक गर्नुमा अनलाइन प्रणाली (नट्स) को सबैभन्दा ठूलो भूमिका रहेको बताएकाे छ । नेप्सेले उपलब्ध गराएको आधुनिक प्रविधिमार्फत लगानीकर्ताले घरबाटै सुरक्षित तबरले सेयर कारोबार गर्न पाएका छन् भने रकम भुक्तानी तथा शेयर हस्तान्तरणमा प्रक्रियामा पनि सहजता आएको नेप्सेकाे भनाइ छ ।

हेर्नुस् के भन्छ नेप्से ?

 

5fc0876c9a1a8.jpg 5fc0877452877.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।