Like us!
Follow us!

सहास उर्जाले आइपिओ निष्कासन गर्न प्रत्याभूतिकर्ता नियुक्त गर्याे : १ अर्ब ५ करोडको आइपिओ आउँदै

सहास उर्जाले आइपिओ निष्कासन गर्न प्रत्याभूतिकर्ता नियुक्त गर्याे : १ अर्ब ५ करोडको आइपिओ आउँदै

लगानी खबर, काठमाडौँ - साहस उर्जा कम्पनी लिमिटेडले साधारण शेयर (आइपिओ) निष्कासन गर्न प्रत्याभूतिकर्तामा नागरिक लगानी कोषलाई नियुक्त गरेकाे छ । उक्त सम्झौतापत्रमा नागरिक कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र साहस उर्जा लिमिटेडको तर्फबाट संचालक समितिका अध्यक्ष हिमप्रसाद पाठकले हस्ताक्षर गरेका हुन् ।

कम्पनीले जारी पूँजी ३ अर्ब ५० करोडको ३० प्रतिशतले हुन आउने १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन गर्न लागेकाे हाे । कम्पनीले आयोजना प्रभावित क्षेत्रका नागरिक, सामूहिक लगानीकोष, कम्पनीका कर्मचारी र सर्वसाधारणलाई जारी गर्नेछ । 

याे कम्पनी जलविद्युत आयोजनामा लगानी गर्ने उद्देश्यले २०७० सालमा स्थापना भएको पब्लिक लिमिटेड कम्पनी हो । यस कम्पनीले सोलु खोला (दूधकोशी) जलविद्युत परियोजना निर्माण गरिरहेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।