Like us!
Follow us!

अब अनलाइनबाटै तुरून्तै सनराइज स्मार्ट बचत खाता खोल्न सकिने

अब अनलाइनबाटै तुरून्तै सनराइज स्मार्ट बचत खाता खोल्न सकिने

लगानी खबर, काठमाडौँ - सनराइज बैंक लिमिटेडले आफ्ना ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै विश्वको कुनै पनि ठाउँबाट बैंकमा तुरून्तै बचत खाता खोल्न सकिने गरी “सनराइज स्मार्ट बचत खाता” ल्याएको छ ।

यस सुविधा अन्तर्गत ग्राहकहरूले अनलाइन मार्फत नयाँ खाता खोली तुरून्तै खाता नम्बर प्राप्त गर्न सक्नेछन् । उक्त खाता सक्रिय भएपछि ग्राहकहरूले रकम जम्मा गर्न सक्नुका साथै Digital Transaction समेत गर्न सक्नेछन् । उक्त खाताका ग्राहकहरूले मोबाइल बैंकिङ्ग प्रयोग गरी आफैले मुद्दती खाता पनि खोल्न सक्ने बैंकले जनाएको छ ।

यस सुविधा अन्तर्गत ग्राहकहरूले बैंकको आधिकारीक वेभसाइट  http://onlineservices.sunrisebank.com.np/account/default   मा गई कुुनै पनि बचत खाता छनोट गरी आफ्नो विवरण भने पेश गर्नुपर्नेछ । यसरी अनलाइनबाट खोलिएका “सनराइज स्मार्ट बचत खाता” शुन्य मौज्दातमा खोल्न सकिने र उक्त बचत खातामा आकर्षक ब्याज समेत दिने बैंकले जनाएको छ । खाता खोल्न र माथि उल्लेखित कारोबार गर्न ग्राहकहरूलाई बैंक आउन पर्ने जरूरी छैन तर ग्राहकहरूले आफ्नो अनुकुलता अनुसार खाता खोलेको १ वर्ष भित्र भने बैंकमा उपस्थित भइ आफ्नो खाता अद्यावधिक गर्नुपर्नेछ ।

कोभिडको कारण ग्राहकहरू बैंक आउन र कारोबार गर्न असहज भैरहेको वर्तमान परिप्रेक्षमा सनराइज बैंकको यस सुविधाले देश र विदेशमा रहेका नेपालीहरूले सजिलै खाता खोल्न सक्ने र मोबाइल बैंकिङ्ग मार्फत नेपालमा बत्ति, पानी, इन्टरनेट, विद्यालय शुल्क आदिको सजिलै भुक्तानी गर्न सक्ने बैंकले विश्वास गरेकाे छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।