Like us!
Follow us!

नेप्से सूचक र कारोबार रकम दुवैले बनाए नयाँ रेकर्ड

नेप्से सूचक र कारोबार रकम दुवैले बनाए नयाँ रेकर्ड

लगानी खबर, काठमाडौँ - साताकाे अन्तिम दिन आज (बिहीबार) शेयर बजारले नयाँ इतिहास कायम गरेकाे छ । बिहीबार बजार खुलेकाे केही मिनेटमै नयाँ उचाइमा पुगेकाे हाे । नेप्से सूचकले मात्र नभएर बिहीबार काराेबार रकमले समेत नयाँ रेकर्ड बनाएकाे छ । बिहीबार नेप्से सूचक १९२६ विन्दुसम्म पुगेर फर्किँदा काराेबार रकम ७ अर्ब नाघेकाे छ ।

 नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक १८.४३ अंकले बढेर एक हजार ८९३.२४ मा पुगेकाे छ । नेप्से ०.९८ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक २.८५ अंकले बढेर ३६५.१८ मा पुगेको छ ।

कूल २०१ वटा कम्पनीकाे एक कराेड ७१ लाख ८८ हजार ९९ कित्ता शेयर खरिदबिक्री हुँदा ७ अर्ब ६१ करोड ३० लाख ३० हजार ९१ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ५ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी ७ वटा उपसमूहकाे शेयर घटेकाे छ ।

हेराैँ आजकाे शेयर तालिका :

5fbf76ceb1e23.jpg 5fbf76d61621e.jpg 5fbf76e3b9cbd.jpg 5fbf76ecbaa9f.jpg 5fbf76f85d95e.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।